Section 13
रजिष्ट्रारको काम, कर्तव्य

(१) यो ऐन, नियम र काउन्सिलको साधारण र विशेष आदेश बमोजिम दर्ता किताब दुरुस्त राखी समय समयमा नाम दर्ता हुने भएका चिकित्सकहरूको नाम, ठेगाना र
योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, मरेका वा सदस्यताबाट नाम हटाइने भएकाचिकित्सकहरूको नाम हटाउने, र यो ऐन र नियम बमोजिम निजले गर्नुपर्ने अरू सबै काम कारबाही गर्नु रजिष्ट्रारको कर्तव्य हुनेछ ।

(२) कुनै  दर्तावाला चिकित्सकले आफ्नो व्यवसाय छाडेमा वा आफ्नो ठेगाना बदलेमा रजिष्ट्रारलाई एक महिनाभित्र सूचना गर्नुपर्छ । कुनै चिकित्सकले आफ्नो ठेगाना बदलेको छ वा व्यवसाय छाडेको छ भन्ने शंका लागेमा रजिष्ट्रारले दर्ता किताबमा दर्ता भएको ठेगानामा पत्र पठाउनेछ । सो पत्रहरू फिर्ता आएमा वा पत्रहरू पुगेको ३ महिनासम्म पनि जवाफप्राप्त नभएमा रजिष्ट्रारले सो चिकित्सकको नाम प्रमुख समाचारपत्रद्वारा सूचित गर्नेछ र अर्को ३महिनाभित्र पनि केही सूचना नआएमा रजिष्ट्ररले निजको नाम दर्ता किताबाट हटाउन सक्नेछ । तर रजिष्ट्रारले पठाएको पत्र समयमा पाउन नसकेकोले वा आफ्नो बसभन्दा बाहिरको कुनै परिस्थितिले गर्दा वा अरू कुनै मनासिब माफिकको कारणले जवाफ दिन नसकेको वा फेरि सो व्यवसाय गर्न लागेको भन्ने कुरा देखाई दर्ता किताबबाट हटाइएको नाम फेरि दर्ता गराई माग्न कसैले रजिष्ट्रार छेउ दरखास्त दिएमा यस उपदफा बमोजिम हटाइएको कुनै चिकित्सकको नाम रजिष्ट्रारले दर्ता किताबमा फेरि दर्ता गर्न सक्नेछ र त्यसरी दर्ता गरिएकोमा नियममा तोकिए बमोजिमको दस्तुर लाग्नेछ ।
(३) यस ऐन बमोजिम खडा भएको दर्ता किताब सरकारी कागजात सरह मानिनेछ ।